अण्डा पहिला बन्यो कि कुखुरा पहिला, अब रहेन बिबाद: वैज्ञानिकले पत्ता लगाए, के बन्यो पहिला ?

;


पहिला अन्डा बन्यो वा कुखुरा ? यो प्रश्‍न संसारमा धेरैले एक अर्कालाई राख्छन् किनकी धेरैलाई यसको जवाफ थाहा नहुन सक्छ। तर वैज्ञानिकहरुले संसारमा पहिला कुखुरा जन्मिएको र उसले अन्डा पारेको दाबी गरेका छन्।

बेलायती वैज्ञानिकहरुका अनुसार अन्डाको जाँचपछि उनीहरुले कुखुरा पहिला जन्मिएको तथ्य पत्ता लगाएका हुन् ।

वैज्ञानिकहरुका अनुसार अन्डाको बोक्रामा एक विशेष तरिकाको प्रोटिन पाइन्छ र यो प्रोटिन कुखुराको अन्डाशयबाट निस्कन्छ। यसकारण कुखुरा पहिला जन्मिएको थियो।

वैज्ञानिकहरुलाई यो पहिल्यै थाहा थियो कि वोकेल्डिडिन-१७ (ओसी-१७) नामक यो प्रोटीनले अन्डाको खोल बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

अहिले वैज्ञानिकहरुले नयाँ अनुसन्धान गरेर ओसी-१९ कसरी बन्छ भन्ने पत्ता लगाएका छन्। क्याल्शिय कार्बोनेटसँग ओसी-१७ मिसिएपछि अन्डाको खोल बन्न थाल्छ।

अब फेरि प्रश्न उठ्न सक्छ। कुखुरा कसरी बन्यो। यस प्रश्नको उत्तर दिदैँ वैज्ञानिकहरुले भनेका छन्,’अन्डा उत्पादन गर्ने अन्य प्रजातीका पंक्षिबाट कुखुरा विकसिमत भयो।’

यस नतिजा ठुलो सफलता रहेको बताउँदै शेफील्ड विश्वविद्यालयका प्रोफेसर जोन हार्डिंग भन्छन्, ‘ कुखुराको अन्डाको खोल कसरी बन्छ भन्ने पत्ता लगाउनु साँच्चै अनौठो अनुभव रह्यो।’ अब नयाँ डिजाईनका पदार्थ बनाउन यसले सहयोग गर्नेछ
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment