;
![]() |
तत्कालिन ओली नेतृत्वको सरकारले, दुई वर्षभित्र देशभरका तुइनहरु विस्थापित गर्ने लक्ष्य पुरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको सरकारी अधिकारीहरुले बताएका छन्।
आगामी असोज मसान्तसम्ममा तुइनहरुलाई विस्थापित गरिसकिने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको झोलुङ्गे पुल महाशाखाका एकजना अधिकारीले बताए। एकजना पूर्वाधारविज्ञले तुइन विस्थापनसँगै अब विस्तारै व्यवस्थित बस्ती निर्माणमा राज्यले ध्यान दिनुपर्ने बताएका छन्।
भूकम्प लगत्तैको नेपाल–भारत सीमा नाकामा उत्पन्न अवरोधमाझ निर्माण सामाग्रीको अभाव लगायत कारणले प्रभावित निर्माण कार्यले पुनः गति लिएको अधिकारीहरुले बताएका छन्। अधिकारीहरु भन्छन्, तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले आफ्नो पहिलो निर्णयका रुपमा दुई वर्षभित्रमा देशलाई तुइनरहित बनाउने घोषणा गर्नुअघि झोलुङ्गे पुलको निर्माण नभइरहेको अवस्था त थिएन, तर उनको सरकारले एउटा लक्ष्य निर्धारण गरेपछि उक्त कार्यले थप ऊर्जा पाएको हो।
अहिले सातवटा तुइन झोलुङ्गे पुलले विस्थापित भइसकेका छन्। केन्द्रबाट निर्माणाधीन ५२ वटा छन्। त्यसैगरी जिल्ला विकास समितिबाट निर्माण भइरहेका ५६ वटा छन् र केन्द्रबाट असोजको २० गतेभित्र टेण्डर खोल्नेगरी २५ वटाको भइसकेको छ।
![]() |

0 comments:
Post a Comment