सेक्स गर्दा अपनाउनुपर्ने यी महत्वपूर्ण कुराहरु

;


मानव भएर धर्तीमा आइसकेपछि उसलाई गाँस, बास र कपाससँगै जीवनमा नभइ नहुने कुरा हो सेक्स अर्थात यौन। मानव जीवनलाई स्वस्थ रहन यौन परिपूर्ति आवश्यक पर्छ। यसलाई कसैले पनि करकापमा अगाडि बढाउनु हुँदैन। किनकी यसले जोडीबीचमा तनाव सिर्जना गर्न सक्छ।

त्यसकारण तपाईको यौन जीवनलाई सन्तुष्ट र सफल बनाउन यी कुराहरु अपनाउनुहोस्… सामान्य रहनुस्.. आजकाल सेक्स वा यौन भन्ने बित्तिकै नेपाली समाजमा छिछि र दुरदुर गर्ने चलन छ। तर यदि तपाई यौनको बारेमा बुझ्दै हुनुहुन्छ भने यसलाई सामान्य रुपमा लिनुहोस्। किनकी यो भनेको मानव जीवनको लागि प्राकृतिक कुरा हो। आफ्नो पार्टनर श्रीमान् -श्रीमतीको कुरा बुझ्ने प्रयास गर्नुस्.. दुवैजनामध्ये एकलाई यौन इच्छा नभएमा जबरजस्ती नगर्नुस्।

भावना मिलेन भने बेकारमा सम्बन्धमा तनाव उत्पन्न हुन्छ। सकारात्मक सोच्नुहोस् /गलत विचार मनबाट हटाउनुस् श्रीमान् वा श्रीमतीको माया पाउन दुवैले एक अर्कालाई बुझ्न जरुरी छ। किनकी जीवन एकले अर्कोलाई साथ दिएर मात्रै चल्ने हुँदा दुवैले सकारात्मक सोच्नु जरुरी हुन्छ। यो पारिवारिक कुरा भएकाले मन नमिलेमा पारिवारिक कलह हुन सक्छ।

एकअर्कामा विविधता नखोज्‌नुहोस् यौनको सिधा सम्पर्क दुवै जोडीको मनसँग गाँसिएको हुन्छ। सेक्स शारीरिक मात्र नभइ मानसिक क्रिया हो। यसकारण यसलाई उताउलो पाराले उपयोग गर्नु हुँदैन। सेक्स पार्टनर श्रीमान् वा श्रीमतीले दुवैको मन जित्न सक्नु पर्छ। मन हसिँलो बनाउन सक्नु पर्छ। आफूलाई कहिल्यै कमजोर नसम्झिनुहोस् यौन सम्पर्कका बेलामा विशेष गरी महिलाहरुले आफू कस्ती देखिएको छु भनेर मनमा अनेकन विचार लिएर बसेका हुन्छन्।

उनीहरुले आफूलाई एक किसिमले कमजोर सोच्ने गरेका हुन्छन्। यस्तो सोचाई नरानु नै उत्तम हुन्छ। किनकी यो क्रिया दुवैको सक्रियातामा हुने भएकाले दुवैले आफूलाई उमंग रुपमा हेर्नुपर्छ। समय अनुकुल छोडिदिनुस् यौन सम्पर्कका बेला गर्दा यदि तपाई तत्कालै योजना बनाउँदै हुनुहुन्छ भने सकभर नबनाएकै वेश हुन्छ। किनकी सेक्स योजना भएर हुने कुरा होइन।

यो आफ्नै गतिमा चल्ने प्रक्रिया हो। त्यसबेलामा जे हुन्छ। त्यही अनुसार छोडिदिनुहोस। यदि तपाई पोर्न फिल्ममा यसो गरेको थियो। हामी पनि यसो गरौ भन्नुभयो भने श्रीमान् वा श्रीमतीबीच कुरा नमिल्न सक्छ। फलस्वरुप भावनामा दुई रुप आउँछ र मनमा तनाब हुन्छ। सेक्स कार्य असफल हुन जान्छ। त्यसकारण यौनसम्पर्को बेला स्वस्फूर्त छोडिदिनुस्। तपाईको दाम्पत्य जीवन सफल हुनेछ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment