बैंकक पुगेर यी मन्त्रीले गरे ३ करोड नेपाली खुसी पार्ने यस्तो आग्रह

;


असोज– परराष्ट्रमन्त्री प्रकाशशरण महतले विश्वमा नै नेपाली नागरिकको उपस्थिति रहेको वर्तमान अवस्थामा उनीहरुले ती देशमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी लगाउन सकिन्छ भन्ने बारेमा सोच्न आग्रह गरेका छन् ।



थाइल्यान्डको राजधानी बैंककमा नेपाली दूतावास, गैर आवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र एआइटी नेपाली समाज थाइल्याण्डद्वारा आयोजित बडादशैं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले जुन देशमा रहेको भएपनि आफूलाई त्यो स्थानमा पु¥याउन आफ्नो मातृभूमिको योगदान र लगानी रहेकोतर्फ सोचेर आफ्नो भूमिकालागि केही गर्नुपर्छ भन्ने भावनाका साथ अघि बढ्न उन्ले विश्वमा रहेका नेपालीलाई आग्रह गरे ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री महत एसिया कोअपरेशन डाइलग ९एसिडी०को दोस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डको नेतृत्व गर्दै शुक्रबार बैंकक पुगेका हुन् ।

बैंककमा रहेका नेपालीहरुको ठूलो उपस्थिति रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले संसारमा रहेका नेपालीहरुले अब नेपालको समृद्धि र विकासका लागि सोच्नुपर्ने बेला आएको धारणा राखे ।

नेपाल संविधानको कार्यान्वयनमार्फत आर्थिक विकासको चरणमा अब अघि बढ्न लागेको बताउँदै मन्त्री डा महतले यो अभियानमा विश्व समुदायको सहयोग र सद्भाव रहेको र त्यसमा संसारमा रहेका नेपालीको पनि आ—आफ्नो ठाउँबाट सक्रिय सहयोग आवश्यक रहेको बताए ।

संविधानमा देखिएका कतिपय असन्तुष्टिहरुलाई सम्बोधनको प्रक्रिया नेपालले सुरु गरिसकेको जानकारी दिँदै मन्त्री महतले आगामी दिनमा राष्ट्रिय सहमति र सहकार्यका साथ अघि बढ्ने वातावरण सरकारले निर्माण गर्ने धारणा राखे ।

उक्त मञ्चमा एसियाका ३४ देश सदस्य छन् । बैंककमा सुरु हुन लागेको यो सम्मेलन दोस्रो हो । यसअघि यसको पहिलो सम्मेलन सन् २०१२ मा कुबेतमा भएको थियो ।

उक्त सम्मेलनमा एसियाका ३४ देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा विदेशमन्त्रीहरुको सहभागिता रहेको छ
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment