;
![]() |
चितवनस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा ६ वर्षे बालकको घाँटीमा गाढीएको धारिलो हँसियाको सफल शल्यक्रिया भएको छ । सर्लाहीबाट रिफर भएर अस्पतालमा उपचारका लागि आएका राहुल कुमार महतोको नाक, कान घाँटी रोग विशेषज्ञ डाक्टर रमेश पराजुली, डाक्टर सुमन थापा र एनेस्थेसियाका डाक्टर सुरेन्द्र न्यौपानेसहितको टोलीले सफल शल्यक्रिया गर्न सफल भएका हुन् ।
डा. पराजुलीलाई आफन्तले दिएको जानकारी अनुसार ति बालक केही समयअघि उखुबारीमा उखु काट्न हँसिया बोकेर गएका थिए । उक्त क्रममा उनलाई कुकुरले लखेटेको थियो । कुकुरबाट जोगिन भाग्ने क्रममा लड्दा उनको घाँटीमा धारिलो हँसिया छिरेको थियो । लगत्तै उनलाई आफन्तले एम्बुलेन्समा राखेर विरगन्ज अस्पताल लगिएको थियो । त्यहाँ हँसिया निकाल्ने क्रममा घाँटी लगाएत हँसियाको धार पुगेका अन्य अगंका नसा काटिने जनाएपछि उनलाई काठमाडौं रेफर गरिएको थियो ।
‘काठमडौं रेफर गरेको भए पनि बाटोमा आउँदा बच्चालाई असाध्यै गाह्रो भएछ । त्यसपछि उनीहरु चितवन यहाँ अस्पतालमा आएका हुन्’ डाक्टर पराजुलीले भने, ‘बच्चालाई आकस्मिक कक्षम ल्याइएको थियो । त्यसलगत्तै हामीले हेर्न थालेका हौँ ।’डाक्टर पराजुलीका अनुसार सिटि स्क्यान गरेर हेर्दा हँसियाले बालकको घाँटीको दायाँ भागलाई छेडेर मुखभित्र जिब्रो हुँदै आँखाको स्नायु (अप्टिचेन्रेन) नजिकै पुगेको थियो ।
‘धारिलो हतियार भएका कारण बालकलाई शल्यक्रियाका क्रममा बेहोस बनाउने क्रममा मुखबाट ट्युब राख्न समेत निकै गाह्रो भएको थियो’ डा. पराजुलीले भने, ‘हाँसियाको धार निकाल्ने क्रममा आँखाको ज्योती गुम्ने तथा अत्याधिक रक्तश्राब हुने खतरा पनि थियो । तर हामीले निकै सावधानि आपनाउँदै बच्चाको सफल शल्यक्रिया गर्न सफल भयौँ ।’स्वास्थ्य खबरपत्रिका
![]() |

0 comments:
Post a Comment