;
![]() |
लक्ष्मी गौतम
पाँचथर : सडक सञ्जालका दृष्टिकोणले देशमै तेस्रो भनिएको पाँचथरका ग्रामिण सडक वर्षादका कारण लथालिंग भएकाले यो वर्षको दशैंमा गाडी गुड्ने सम्भावना छैन ।
अग्ला पहाड, कडा चट्टान र भीरालो जमिनम,याङनाम,सिदिन हुँदै वेष्ट बंगाल र सिक्किमसँग सिमाना छाएको प्राङवुङ गाविसलाई जोड्ने फिदिम–याङनाम फालौट मार्गको ठाँउ ठाँउ गरी दर्जन भन्दा धेरै पहिरो र ढिस्का लडेका छन भने बाँकी सडक हिलाम्य छ ।
यस्तै सदरमुकाम जोरपोखरी खुँगा एकतिन र मेमेङलाई जोड्ने जोरपोखरी एकतिन मेमेङ,नाँगीवाट थर्पु ओयाम,फलंैचा र च्याङथापु जोड्ने पुष्पलाल मध्य पहाडी लोकमार्गको पाँचथर खण्ड पाँचथर र इलामको राँके बजारवाट घुर्बिसे पञ्चमी,सराङडाँडा र रबि जोड्ने राँके रवि सडक खण्ड,झापाको दमकबाट इलामको चिसापानी हुँदै पाँचथरको रबि जोड्ने फाल्गुनन्द मार्ग र मोरङको कानेपोखरीदेखि लेटाङ,पाँचथरका वुधवारे,दुरदिम्बा र लिम्बालाई जोड्ने कालेवुदुली सडकको हालत पनि उस्तै छ । जिल्लाको एक नगरपालीका र ३८ गाविसका ३ सय ५३ वटै वडामै सडक पुगेको भएपनि यो वर्षको वर्षादले अधिकत्तम क्षति पु¥याएका कारण आँउदो दर्शैमा पाँचथरका ग्रामिण क्षेत्रमा यातायात र ढुवानीका साधन सञ्चालन हुने सम्भावना कम छ ।
जिल्ला विकास समिति पाँचथरको तथ्यांक अनुसार पाँचथरमा ग्रामिण जिल्ला र राष्ट्रिय गरी तीन किसिमका सडक छन् । दुई ती ग्रामिण र जिल्ला सडकको निर्माण र मर्मत जिल्लाकै बजेटबाट । पाँचथरमा ग्रामिण र जिल्ला सडक मात्रै दुई हजार दुई सय किलोमिटर खनिएको छ । संख्यामा हेर्दा जिल्लामा जिल्ला सडक मात्रै २६ वटा छन । जिविसले सडक निर्माण र मर्मतका लागि २०४९ सालयता बार्षिक २ करोड हाराहारीमा बजेट खर्च गर्दै आएको छ ।
तर यी सडकलाई दिगो रुपमा सञ्चालन गर्न नालीपेटीको व्यवस्थापनसँगै स–साना खहरेदेखि ठुला खोलामा पुल निर्माण गरिएको छैन । विगत वर्षहरुमा भदौ अन्तिमसातासम्म वर्षाद कम हुने गरेकाले जिविस र स्थानीय उपभोक्ताको पहलमा जिल्ला र ग्रामिण सडक मर्मत गरेर दशैंका लागि आवस्यक सामग्री गाँउ गाँउका बजार पठाउने गरिएकोमा यो वर्ष असोज २३ गतेसम्म पानी परिरहेकाले त्यो सम्भवना छैन ।
वर्षादका कारण प्राङवुङ सिदिनको सिमावर्ती मुवा खोला,दमक रवि सडक खण्डमा पर्ने रतुवा खोला र मेमेङ गाविसको ताङलेपा सहित मध्य पहाडी लोकमार्गमा पर्ने ओयाम र च्याङथापु क्षेत्रका स–साना खोला र खहरेमा छैनन । ती खोलामा बढेको पानीको बहाव नघटेकाले यातायात र ढुवानीका साधन लैजान कठिन हुने फिदिम फालौट मार्गका चालक हस्त मगर बताँउछन ।
जिल्लामा २ हजार २ सय किलोमिटर सडक सञ्जालले सदरमुकाम र गाँउलाई जोडेको भनिएपनि यतिखेर पाँचथर र इलामको सिमावर्ती राँके बजारबाट पाँचथर ताप्लेजुङको सिमावर्ती कावेली सम्म जिल्लालाई छोएको मेची राजमार्गको ९३ किलोमिटर खण्डमा मात्रै यातायात र ढुवानी साधन सहज रुपमा चलिरहेका छन । राष्ट्रिय सडकमै पर्ने मध्यपहाडी लोगमार्गको ७० किलोमिटर पाँचथर खण्डमा पर्छ । च्याङथापु, फलैँचा, ओयाम, थर्पु, नागी,भारपा र फिदिम गाविसलाई छोएको यो लोकमार्गको नाँगी च्याङथापु सडक खण्ड पनि ठाँउ ठाँउमा क्षतित पुगेकाले सहज आवागमन छैन ।
ग्रामिण सडक र जिल्ला सडकहरु जिल्ला विकास समितिको आन्तरिक स्रोत, जिल्लाका सांसदहरुको सांसदविकास कोष र निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च गर्ने गरिएको छ । भने कतिपय ग्रामिण सडक स्थानीयले व्यक्तिगत र सामुहिक लगानीमा समेत खनिएका छन ।
“सडक सञ्जालका दृष्टिकोणले नेपालमा कास्की पहिलो र चितवन दोस्रो नम्वरमा पर्छन भने पाँचथरलाई तेस्रो नम्वरमा राखिएको छ । सडक सञ्जालमा तेस्रो नम्वरमा रहेको भनिएपनि जिल्लाका ग्रामिण सडकहरुको हालत यस्तो हुनमा जिल्ला विकास समितिले राजनैतिक दलको प्रभावमा कनिका छरेजस्तै बजेट खन्याउनु हो । ” –लेखक तथा पत्रकार रामप्रकाश समथिङ भन्छन । कनिका छरेजस्तै धेरैवटा योजनामा पैसा खन्याउनु भन्दा वर्षमा एउटा दुइवटा योजना छनौट गरेर पूर्ण गर्नु उचित हुने उनको धारणा छ । स्थानीय विकास अधिकारी कोमलप्रसाद धमला पनि गाँउका सडकको गुणस्तर कमजोर हुनुमा नीतिगत कमजोरी रहेको स्विकार्छन । “पाँचथरमा विस्तार भएका कतिपय ग्रामिण सडकहरु लहडका भरमा खनिएको छ ।” आँउदा बर्ष जिविसले नयाँ सडक निर्माणका लागि बजेट नछुट्याइ सुधार विस्तारमा मात्रै लगाउने योजना रहेको उनी बताँउछन ।
अर्बौ खर्चेर निर्माण गरिएका सडक सञ्चालन हुन नसकेर दशै बजार प्रभावित हुनु गाँसमा ढुंगा लाग्नु उस्तै उस्तै भएकाले जिल्ला र ग्रामिण सडकलाई दिगो सञ्चालनको रणनीति वनाउनु जरुरी रहेको सरोकारवालाको धारणा छ ।
![]() |

0 comments:
Post a Comment